भोलीदेखि निर्वाचन आचारसंहिता हट्ने,सरकारलाई काम गर्न बाटो खुल्यो

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि नरहने निर्णय गरेको हो।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ।

जसकारण अब सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ।