बिहान खाली पेटमा भुलेर पनि नखानुहोस् यी चीज
काठमाडौं। अहिले जाडोको मौसम छ। बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौ। यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ। नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ।
तपाईलाई थाहा छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन। बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ।
यस्तो बेला विहान एसिडिटीयुक्त खानेकुरा खानु हुदैन। गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ। त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ।
काँचो सागसब्जी-डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ। जुन सजिल्यै पच्छ। बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ।
अमिलो फलफूल-अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ। यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ।
कफी-सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन्। तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ।
केरा-बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ। जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ।
बास्नादार पेयपदार्थ-एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ। तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ। पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ।
दही-दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ। त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ।