दार्शनिक,लेखक जोमाको दुखत निधन प्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष केसीद्वारा दु:ख व्यक्त

काठमाडौं। कम्युनिस्ट पार्टी अफ फिलिपिन्सका संस्थापक अध्यक्ष तथा एक दार्शनिक , लेखक , क्रान्तिकारी अभियान्ता  एवं महान्  क्रान्तिकारी माओवादी कम्युनिस्ट योध्दा फरबरी ८ , १९३९ मा जन्मनु भएका जोस मारिया सिमोन ( कमरेड जोमा) को ८३ वर्षको उमेरमा यही २०२२ डिसेम्बर १६ का दिन नेदरल्यान्डको अटरेजमा निधन भएको छ ।

         
कमरेड जोमाको यस दुखत निधनको समाचारले हाम्रो संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुक‍ो छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र परिवारलाई स्तप्ध तुल्याएको छ । 
   
सर्वप्रथम हाम्रो प्यारो तथा प्रतिनिधिमूलक संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कमरेड जोमा प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ र शोकाकुल कम्युनिस्ट पार्टी अफ फिलिपिन्स , फिलिपिनी सर्वहारा वर्ग , आम फिलिपिनी  मुक्तिकामी एवं उत्पीडित जनसमुदाय तथा शोकाकुल विश्व सर्वहारा वर्गप्रति हाम्रो संगठन गहिरो समावेदना प्रकट गर्दै उहाँ प्रति उच्च सम्मान प्रकट गर्दै ऐक्यबद्धता जाहेर गर्न चाहन्छ । 
           
माक्र्सवाद – लेनिनवाद –  माओवादलाई पार्टीको पथप्रदर्शक सिध्दान्तको रुपमा आत्मसात गर्दै सशस्त्र संघर्ष सञ्चालन गर्दै आउनु भएका कमरेड जोमालाई अमेरिकी साम्राज्यवादले सन २००२ मा आतंकवादको समर्थन गरेको व्यक्तिको रुपमा राखेको थियो र सन २००९ को सेप्टेम्बरमा युरोपियन युनियनको दोस्रो उच्च अदालतले उहालाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । उहाँ नेदरल्यान्डमा शरणार्थीका रुपमा बसेर फिलिपिन्सको फासीवादी सत्ता र व्यवस्थाको विरुद्ध निरन्तर रुपमा लड्दै आउनु भएको थियो ।
         
 माक्र्सवाद – लेनिनवाद – माओवादको वैचारिक  आलोकमा नयाँ जनमुक्ति सेना र राष्ट्रिय जनवादी मोर्चा निर्माण गरेर फिलिपिन्सको फासीवादी सत्ता र व्यवस्थाका विरुद्धमा निरन्तर रुपमा सशस्त्र संघर्ष चलाउँदै आउनु भएका कमरेड जोमाको निधनले कम्युनिस्ट पार्टी अफ फिलिपिन्स , फिलिपिनी मुक्तिकामी एवं उत्पीडित श्रमजीवी जनसमुदायले एक असल अविभावक तथा क्रान्तिकारी योध्दा गुमाएको छ। 
       
 कमरेड जोमाको निधनले सिंगो फिलिपिनी मुक्ति आन्दोलन विश्व सर्वहारा क्रान्तिकारी आन्दोलनलाई अपुरणीय क्षेति पुग्न गएको हाम्रो संगठनले संश्लेषण गर्दै शोकलाई शक्तिमा बदल्न सबैलाई आग्रह गर्दछ।