गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।
थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन्।
संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए। समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।