कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चुन्न पुस १३ गते निर्वाचन हुने
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको नेतृत्वमा रहेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंगलबार मतदाता नामावली सार्वजनिक गरिने छ।यस्तै, पौष १३ गते बुधबार नै बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। महर्जनका अनुसार बुधबार नै २ देखि ३ बजेसम्म संसदीय दलको नेता चयनका लागी निर्वाचन गर्ने कार्यक्रम छ।
संसदीय दलको नेताका लागि दुई जना मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्रोतका अनुसार नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित सांसद बहादुरसिंह लामा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।