सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

काठमाडौं ।नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए । तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।