देउबालाई लाग्यो अर्को झट्का, संस्थापन पक्षकै यी नेता आक्रोशित
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अर्को झट्का लागेको छ। प्रदेश १ संसदीय दलको नेताका लागि उम्मेदवार बनेका देउवा निकट अमृत अर्यालले दुई मत मात्र पाएका छन्।
उनको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ्ग र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ्ग थिए । ति मध्ये एकजनाले मत नदिएको पुष्टि भएको छ । अर्यालले एउटा आफ्नो र एउटा अर्को मत मात्रै पाएका छन्।
मोरङ ५ ९२० बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्न्त्रीको रुपमा हेरिएको थियो । तर उनलाई उद्धब थापाले पराजित गरेका छन्।
अर्याल भन्दा अघि केदार कार्की रहे। कार्कीले नौ मत प्राप्त गरे । अर्यालको हारपछि संस्थापन पक्षका नेता कार्यकर्ता आक्रोशित बनेका छन्।
प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्। तीमध्ये ११ जना देउवा पक्षका थिए। सिटौला पक्षमा ९ र कोइराला पक्षमा ९ जना सांसद थिए। सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा कोइराला पक्षका कार्कीले नौ मत ल्याएका थिए।
२०७० सालको निर्वाचित संविधानसभा सदस्य अर्याललाई देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित प्रदेशमा पठाएका थिए। देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको गुनासो छ।