मन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको छट्के अनुगमन,कर्मचारीलाई दिए यस्तो निर्देशन
काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् ।
कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनका लागि पुगेका हुन् । अनुगमनका क्रममा उनले झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिए । यस्तै, उनले कार्यालयमा सेवा लिइरहेका सेवाग्राहीको गुनासो पनि सुने । यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा पाउन सास्ती छ ।