नेप्से परिसूचक २१ अंकले घट्यो

काठमाडौं। नेप्से परिसूचक आज घटेको छ । यस दिन २१.३४ अंकले घटेको हो ।नेप्से परिसूचक घटे पनि कारोबार रकम वृद्धि भएको छ ।

आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचक ०.९६ प्रतिशतले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । घटेको बजारमा बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

यो कम्पनीको सेयर दोस्रो बजारमा भर्खरै सूचीकृत भएको हो । त्यसैले पनि लगानीकर्ता कम सेयर मूल्य भएका कम्पनीमा आकार्षित भएको देखिन्छ ।

यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।