गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएको छ ।
मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएको हो ।
३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएको थियो ।
६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ ।
मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, नेकपा माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।