कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेद्वारा मनोनयन दर्ता

काठमाडौं। नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।आज संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्।

उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

बुधबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रत्याशी न्यौपानेले तटस्थ र सन्तुलित रूपमा सदन चलाउने बताएकी हुन्।

निर्वाचित भए तटस्थ र सन्तुलित रूपमा सदन चलाउने मेरो प्रयास हुनेछ’, न्यौपानेको भनाइ छ ।

नेविसंघको सदस्य, महिला संघको उपाध्यक्ष हुँदै कांग्रेस केन्द्रीय सदस्य रहेकी न्यौपाने कैलालीबाट समानुपातिक सांसद हुन् । उनले यसअघि संविधान सभा सदस्य समेत रहेर काम गरिसकेकी छन्।