‘श्रममन्त्रीमाथिको आरोप पुष्टि भए कारबाही गरिन्छ’: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमाथिको आरोप पुष्टि कारवाही गरिने बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आरोप पुष्टिभए पहिलो कारबाही आफैंबाट सुरु गर्ने बताउनु भएको हो।

श्रममन्त्री अर्याल संलग्न भएको कुनै म्यानपावर भए आफूलाई जानकारी दिनसमेत उहाँले आग्रह गर्नुभयो।

सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेपछि चौतर्फी आलोचना सुरु भएको छ ।