बैतडीमा एक युवक मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। बैतडीमा एक युवा मृत फेला परेका छन्।डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बिहिबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै छ।अवस्थीका घरपरिवार आएपछि मात्रै थप काम अघि बढाउने प्रहरीले जनाएको छ।

उनको मुत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।