‘नो पार्किङ’मा राखेपछि मन्त्रीको गाडी प्रहरी कारबाहीमा

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।

पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको भेटेपछि बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो।

ह्विल लक गरेर मन्त्रीले प्रयोग गर्ने सो सवारी चालकलाई १ हजारको चिट काटिएको उपत्यका ट्राफिक प्रहरीले बताएको छ।सो गाडी कुन मन्त्रीले प्रयोग गरेका थिए भन्ने ट्राफिक प्रहरीले खुलाएको छैन।

शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सड्कमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारवाही गरिएको प्रहरीले जनाएको छ।