मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा सरकार
काठमाडौं । सुदुरपश्चिमको प्रदेश सरकार मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ ।
प्रदेशमा भएका दलहरु तितरवितर भएपछि त्यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन समस्या पर्ने देखिएको छ ।
यहाँको मतमा निर्याायक देखिएको नागरिक उन्मुक्ति पार्टी विच्किदै गएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा संशंसय बढ्दै गएको छ ।
नागरिक उन्मुक्तिले प्रहरीले पक्राउ गरेर जेल पठाएका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकार ढाल्ने चेतावनी दिएको छ ।
चौधरी कैलाली २ बाट संघीय सदनमा निर्वाचित सांसद हुन् ।
ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ ।