नायक पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम ९पल० शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।
नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
उक्त फैसला विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेन दिएका थिए ।
उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् ।
नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।