फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य,अब कतिमा किन्न पाइन्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोल साविकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ ।

निगमले अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पद्धार्थको मूल्यमा आएको उतार चढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट माघ १८ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ६१ पैसा बढाएको उल्लेख छ । ग्यासमा भने मूल्य केही घटेको जनाएको छ ।

निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ । वृद्धि भएको मूल्य आज राति १२ बजेबाट लागू हूने निगमको विज्ञप्तिमा उल्लेख छ ।