यी ९ वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई ठूलो कारबाही गरेको छ। नेपाल राष्ट्र बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको हो।

नेपाल राष्ट्र बैंकले ४ वटा बैंकलाई नगद जरिवाना गराएको छ। सबैभन्दा बढी प्रभु बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई) बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ५० लाख जरिवना लगाएको छ । उक्त बैंकलाई ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना गरेको हो ।

त्यस्तै, नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था ऐन उलंघन गरेको भन्दै केन्द्रीय बैंकले बुँदा नं २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं २, क्र सं २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७(फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ ९क० अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

सानिमा बैंकलाई तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) , माछापुच्छ्रे र सिभिल बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५र३र८ उलंघन गरेको भन्दै कारबाही गरेको छ ।