प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ र, प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा कांग्रेस नेताहरुसँग निरन्तर भेटवार्ता गर्दै आएका छन्।