नेपाल टेलिकमको ५ जी नेटवर्क परीक्षण सुरु
काठमाडौँ । नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क-५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ ।
कम्पनीले माघ २२, मा आफ्नो १९ औं वार्षिकोत्सवसँगै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको छ ।
कम्पनीको यो परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले सहयोग गरेको जनाइएको छ ।
चिनियाँ टेक जाइन्टले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गर्नमा मुख्य भूमिका खेलेको जनाइएको छ ।
यसअघि ह्वावेले नेपाललाई ४ जी, इन्टेलिजेन्ट नेटवर्क, आईभीआर र आईपी टेलिफोनीमा आईफी मल्टिमिडिया सबसिस्टम, टुजी झीएसएम र सीडीएमएलगायतका नेटवर्क लन्च गर्न मद्दत गरेको थियो ।
हाल नेपाल टेलिकमको ५जी हुवावे, साओमी र भिभोजस्ता ब्रान्डहरूको ह्यान्डसेटहरूमा काठमाडौँका टेलिकमका कर्मचारीसहित सीमितमा उपलब्ध हुने जनाइएको छ ।नेपाललाई नेटवर्क पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा ह्वावे सम्मानित छ ।
इन नेपाल, फर नेपाल” मिशनको साथ ह्वावेले देशभरका ३० मिलियनभन्दा बढी मानिसहरूलाई उच्च गुणस्तरको नेटवर्क कनेक्टिभिटि उपलब्ध गराउन प्रतिबद्ध छ, ह्वावेले नेपाल डिजिटल रूपान्तरणलाई गति दिन रुरल युनिभर्सल कभरेज, द्धन्रछन् कनेक्सनहरू, डिजिटल सरकार र स्थानीय क्ष्ऋत् ट्यालेन्ट डेभलपमेन्टमा निरन्तर लगानी गर्नेछ, ह्वावेले भनेको छ।
अहिलेको लागि, कम्पनीले ५जी परीक्षणबाट आफ्नो डाटा सङ्कलन गर्नेछ । त्यससँगै नतिजाको विश्लेषण गरेर परीक्षण परिणामको आधारमा यसको व्यावसायिक सुरुवात हुने जनाइएको छ ।