जनयुद्ध दिवसमा सरकारले विदा दिएको भन्दै शेखर कोइरालाले गरे विरोध ,प्रचण्डलाई दिए यस्तो चेतावनी

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?

सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।