नेपाल कम्युनिष्ट पार्टी (बहुमत) चितवनले मनायो जनयुद्ध दिवस

प्रेम प्रसाद कडेल-
चितवन।नेकपा (बहुमत) चितवन जिल्लाको आयोजनामा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा अठ्ठाईसौं जनयुद्ध दिवसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
 
पार्टीका जिल्ला सेक्रेटरी दुर्गा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला इन्चार्ज महेश चौधरीले जनयुद्धका छ वटा प्रतिबद्धता सुनाए।
 
उनले यो प्रतिबद्धता पुरा नभएसम्म जनयुद्ध जारी रहने बताए। जनयुद्धको मुल उद्देश्य र लक्ष्य शहिदको सपना साकार पार्न नेपालमा फेरि जनमुक्ति सेनाको गौरवपूर्ण इतिहास निर्माण जरुरी छ भन्ने विश्वास दिलाउन नेकपा बहुमत चितवन जिल्लाको प्रतिबद्धता व्यक्त गरे।
 
कार्यक्रममा चुनाव अवज्ञा कार्यक्रमका गिरफ्तार शेर बहादुर भण्डारी र जेयन दाइलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमका अतिथिहरु नेकपा -माओवादीका पूर्व जिल्ला सेक्रेटरी मधुर नेपाल विप्लव , शिक्षक संगठनका हिरामणि चापागाईं एवम् वैद्ध निकट क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम प्रसाद कडेलले जनयुद्धको अठ्ठाईसौं वर्षगाँठको भव्यताकासाथ शुभकामना व्यक्त गरे। जनताको पक्षमा सत्य आवाज उठाउने सरकार र जनताको पक्षमा सत्ता निर्माण नभएको अवस्थामा गणतन्त्रको पनि उपहास भएको उनीहरुको भनाइ छ।
 
कार्यक्रममा विभिन्न पार्टीबाट ३५ जना युवाहरु नेकपा बहुमत चितवन जिल्लामा प्रवेश गरेका थिए। उनीहरूलाई जिल्ला इन्चार्ज महेश चौधरीले जनयुद्धका सपना पूरा गर्ने महान योद्धा बन्न पुगेको भन्दै रातो टिका लगाएर स्वागत गरे। कार्यक्रमको सञ्चालन जिल्ला नेता मित्र के सीले गरेका थिए।