सरकार र आन्दोलित यातायात मजदुरबीच वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरहरूबीच सिंहदरबारमा अहिले वार्ता जारी रहेको छ ।

अहिले सरकारले सिंहदरबारमा ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग वार्ता गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता भएको हो। सोही वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित हुने छ ।

विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड समेत गरेका थिए ।

यातायात मजदुरले मंगलबार पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका कारण काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।