६५ किलो सुन काण्डले प्रहरीमा ल्यायो हलचल

काठमाडौं। ६५ किलो सुन तस्करी काण्ड बारे माघको पहिलो हप्तामा विभिन्न संचार माध्यमले समाचार प्रकाशित गरेपछि यो काण्डले प्रहरीमा ठूलै हलचल मच्चिएको छ।

प्रहरी संगठनमा ठूलै हलचल मच्चिए पनि सो सुन तस्करी काण्डमा मुछिएकाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको दायरामा ल्याउन नसक्नु भनेको प्रहरीमाथि नै यतिबेला विश्वसनीयताको प्रश्न उठेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको ६५ किलो सुन काण्डको अनुसन्धान सिन्धुपाल्चोक प्रहरीले फितलो अनुसन्धान गरेपछि बागमती प्रदेश प्रहरी प्रमुख डीआईजीको पनि त्यतातर्फ ध्यान केन्द्रित भएको थियो ।

त्यसको लगत्तै बागमती प्रदेश प्रहरीले एक विशेष टोली सुन तस्करी भएको बाह्रबिसेमा पठाएको थियो । तर, बागमती प्रदेश प्रहरीले पनि खासै सुन तस्करीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका सट्टा चासो नदेखाउनुले कतै तस्करीकै संरक्षण त गरिरहेको छैन भन्ने सिन्धुपाल्चोकका स्थानीयले शंका गरेको पाइएको छ।

६५ किलो सुन तस्करीमा संलग्न भएका सुन तस्करहरु अहिले काठमाडौंको बौद्ध क्षेत्रको नयाँ बस्ती, माकलबारी र जोरपाटी क्षेत्रमा लुक्दैछिप्दै बसेको स्रोतले दाबी गरेको छ । तर, त्यतातर्फ खासै प्रहरीले नजर नलगाएको पनि स्रोत बताउँछ ।

यसरी हुनसक्थ्यो अनुसन्धान

नेपालको उत्तरी नाका रसुवाबाट ६५ किलो सुन छिमेकी मुलुक भारत लाने उद्देश्यले क्यारिङ्ग सिस्टमबाट भरिया लगाई ल्याउने क्रममा ६५ किलो सुनमध्ये सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं। ५ को वाङगेल तामाङको घरमा भरियाले ४ किलो सुन छाडेका थिए ।

चार किलो सुन भरियाले वाङगेल तामाङको घरमा छाडेको थाहा पाएपछि सुन तस्करहरु पेम्बा शेर्पा, मिङ्मा शेर्पा (धाप्से), फुङिमा शेर्पा, सुब्बा लामा, लाक्पा शेर्पालगायतको टोली वाङगेलको घरमा पुगी वाङ्गेललाई ‘गन’ तेस्र्याई ४ किलो सुन लान सफल भएका थिए ।

यसरी ‘गन’ तेस्र्याई सुन लगेपछि वाङगेलले तत्काल इलाका प्रहरी कार्यालय बाह्रबिसेमा गई आफूलाई ‘गन’ तेस्र्याई चार किलो सुन लगेको भनी उजुरी हाल्न पुगे । त्यसपछि प्रहरी तत्काल घटनास्थलमा पुगे पनि सुन तस्करहरु त्यहाँबाट फरार भइसकेका थिए ।

प्रहरीले सुन तस्कर फरार भएपछि उजुरी हाल्ने वाङ्देललाई नियन्त्रणमा लिई सुन तस्करीको बारेमा अनुसन्धान गर्ने क्रममा वाङदेलले पेम्बा शेर्पा, मिङ्मा शेर्पा (धाप्से), फुङिमा शेर्पा, सुब्बा लामा, लाक्पा शेर्पालगायतको नाम प्रहरी समक्ष पोलेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले बताएको थियो ।

६५ किलो सुन तस्करीमा संलग्न भरियाहरुमध्ये एक भरियाले ४ किलो सुन वाङगेल तामाङकै घरमा किन छाडेर गए रु वाङदेल र भरियाबीच के थियो सम्बन्ध रु भरियाले वाङदेललाई किन विश्वास गरे ?

भरियाले छाडेर गएको ४ किलो सुन तस्कर भनिएकाहरु पेम्बा शेर्पा, मिङ्मा शेर्पा (धाप्से), फुङिमा शेर्पा, सुब्बा लामा, लाक्पा शेर्पाले वाङदेलकै घरमा सो सुन राखिएको कसरी थाहा पाए? वाङदेल, भरिया सुन तस्करी भनिएकाहरुबीच के थियो सम्बन्ध ?

चार किलो सुन आफूलाई गन तेस्र्याएर लगेको घटना किन प्रहरीसमक्ष उजुरी हाल्न पुगे वाङदेल तामाङ रु यस विषयमा प्रहरीले गहिरो अनुसन्धान ग¥यो त ?

वाङदेलले ४ किलो सुन लुटेको उजुरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा हाले लगत्तै प्रहरी घटनास्थलमा पुगे पनि लुटेराहरुलाई पक्राउ गर्न सकेन । तर, उजुरी हाल्ने वाङदेललाई भने प्रहरीले अनुसन्धानका लागि भन्दै चार दिन नियन्त्रणमा राखेको स्वयम् बाह्रबिसे प्रहरीले जानकारी गराएको थियो ।

यसरी, वाङदेललाई चार दिन नियन्त्रणमा बाह्रबिसे प्रहरीले राख्दा कसको अनुमति लिएको थियो? प्रहरीले २४ घन्टासम्म मात्र नियन्त्रणमा राख्न मिल्ने कानुनी प्रावधान भए पनि ४ दिनसम्म राख्दा न जिल्ला प्रशासन कार्यालको अनुमति लिएको पाइयो, न सम्माननीय जिल्ला अदालत सिन्धुपाल्चोकको अनुमति लिएको पाइयो ? यो विषयले नै पुष्टी गर्छ, सुन काण्ड प्रहरीकै मिलोमत्तोमा भएको र ६५ किलो सुन काहाँ हरायो भन्ने प्रश्न उब्जिनु स्वभाविक हो ।

यसतर्फ सक्षम, निडर, स्वच्छ छवि भएको परिचय दिइसकेका आईजीपी धिरजप्रताप सिंहलाई गलत सूचना दिई यो काण्डलाई झिसमिस पार्न त खोजिएको होइन ? भन्ने यतिबेला चासोको विषय बनेको छ।