जुम्लामा लागु औषधसहित दुई जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । प्रहरीले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो उनीहरू जुम्लाको चन्दननाथ नगरपालिका ६ बसपार्कस्थित कर्णाली होटेलबाट पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले चन्दननाथ -२ बस्ने २९ वर्षीय तिलक भण्डारी र चन्दननाथ -१० बस्ने वर्ष २२ वर्षीया प्रतीक्षा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।

उनीहरूको साथबाट ब्राउन सुगर ४ ग्राम ८ सय ५० मिली ग्राम, मोबाइल थान २, नगद २० हजार ५ सय १० रुपैयाँ बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।