भारतको चाहना अनुसार :पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रप्रमुख बन्ने सम्भावना बढ्यो, प्रचण्ड,ओली र देउवालाइ तनाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशले राजनीतिको साइडलाइनमा तरंग उब्जेको छ ।
नयाँ राष्ट्रपति चयनका विषयमा ठूला दलहरूबीच खिचातानी चलिरहेको र बाह्य चलखेलसमेत बढेको बेला पूर्वराजाले दलहरूसँग सहकार्यको आह्वान गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजाको आह्वानमा प्रतिक्रिया दिएका छन् ।
ओलीले आफ्ना अगाडि दुई,चार सय मान्छेहरू देखेर पूर्वराजा हौसिएको हलुका टिप्पणी गरेका थिए । उनले पत्रकारसँग कुरा गर्दै २४० वर्षमा राजसंस्थाले नेपालमा के गर्यो भन्ने प्रश्नसमेत उठाए । नेपालले भने वक्तव्य नै जारी गरेर पूर्वराजाको सन्देश नै अनधिकृत र असंवैधानिक रहेको बताएका छन् ।
त्यसो त पूर्वराजाको हरेक वक्तव्यले राजनीतिक दलहरूलाई अत्याउने र झस्काउने गरेको छ । यसअघि पूर्वराजाले अमूर्तरूपमा वर्तमान राजनीतिक व्यवस्थाप्रति आफ्नो असन्तुष्टि पोख्ने गरेका थिए । यसपालि भने उनले मूर्त र ठोसरूपमै दलहरूसँग सहकार्यको प्रस्ताव राखेका छन् । तर, उनले कस्तो खालको सहकार्य चाहेका हुन् भन्ने स्पष्ट छैन ।
हामीले यस विषयमा पूर्वराजाका प्रमुख संवाद सचिव फणिराज पाठकसँग प्रश्न गर्यौं ।उनले परम्परागत जवाफ दिए, दल र राजा मिल्नुपर्यो, देश बनाउनुपर्यो । सहकार्य भनेको त्यही नै हो ।
तर, अहिले देशमा गणतन्त्र छ । अहिलेको संविधानले ‘राजा’ चिन्दैन । पूर्वराजा ज्ञानेन्द्र एउटा आम नागरिकको हैसियतमा छन् । भने, के हैसियतमा उनीसँग दलहरूले सहकार्य गर्न सक्छन् भन्ने प्रश्न उठ्छ । के पूर्वराजाले संवैधानिक राजसंस्थाका रूपमा फेरि आफ्नो स्पेस खोजेका हुन्रु
पाठकले स्पष्ट पारे, दलहरूले आफ्नो स्पेस राखुन् र राजालाई कुनै रूपमा स्पेस दिउन् । २००७ सालजसरी देश अगाडि बढ्नुपर्यो । यही नै उत्तम विकल्प हो ।
पाठकले ठोसरूपमै पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाउन प्रस्तावसमेत गरे ।