प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता,भयो यस्तो सहमति

काठमाडौं। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

नेकपा एकीकृत समाजवादीका नेताहरूसँग धुम्बाराहीमा छलफल गरेपछि बुधबार साँझ देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।

उनीहरूबीच राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भएको एक नेताले बताए। फागुन १३ मा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ।