कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी नियुक्त
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज बसेको बैठकले पुडासैनीलाई एक कार्यकालको लागि पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।
यस अघि बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिईओ०मा गोविन्द गुरुङलाई नियुक्त गरेको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि २२ जनाले आवेदन दिएका थिए। ति मध्ये पाँच जना सर्ट लिष्टिङ भएको थियो ।
सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन् ।