अन्तत: ओली, नेपाल र प्रचण्ड एकै ठाउँमा: नेकपा ब्यूँताउन नेपालले राखे ओलीसँग यस्तो प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग तत्कालीन नेकपा ब्यूँताउने प्रस्ताव राखे।

त्यसभन्दा अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग यस विषयमा कुरा गरेको थाहा भएको छ ।

स्रोतका अनुसार एमाले र एकीकृत समाजवादीबीच एकता प्रयास भइरहेको सम्वन्धमा नेपालसँग प्रचण्डले जिज्ञासा राखेका थिए । नेपालले यस विषयमा सकारात्मक जवाफ दिएपछि प्रचण्डले नेकपा नै ब्यूँताउने अफर गरेका हुन् ।

‘तपाईं मात्र एमालेसँग मिलेर हुन्न नि, म पनि त मिल्नुपर्यो,’ प्रचण्डको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो,अब नेकपा नै ब्यूँताउँ, तपाईं राष्ट्रपति बन्नुहोस् ।

प्रचण्डको सो प्रस्तावपछि नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग भेटेका हुन् । साथै, नेकपा एसका अन्य नेताहरु पनि एमालेसँग सवादमा जुटेका छन्। केही नेताहरुले आजै एमालेको पार्टी कार्यालयमा गएर कुराकानी गरेको समेत स्रोतले बतायो।

पछिल्लो यही विकासक्रमले गर्दा आज हुने भनिएको तत्कालीन पाँच दलीय गठबन्धनको बैठक हुन सकेन। अहिले माओवादी, नेकपा एस र जसपाबीच छलफल भइरहेको छ।