जसपालाई उपराष्ट्रपति दिन माओवादी तयार छ: अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनुभएको छ।
बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको अध्यक्ष यादवले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उहाँले बताउनुभएको हो। प्रधानमन्त्री दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उहाँको भना इ थियो ।