आठै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालुवाटर बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। उनले सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत गरे।
बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रचण्डले बैठकमा ओलीसँग भएको लामो भेटवार्ताको व्रिफिङ गरेका थिए।
उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएको प्रचण्डले बताए ।
‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,ओलीको भनाइ उधृत गर्दै प्रचण्डले वैठकमा भनेका थिए।
महतोले सञ्चारकमीसँग भने, ‘प्रचण्डको व्रिफिङ सुन्दा एमाले सरकारबाट बाहिरिने छाँटकाँट देखियो।प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको आठ दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
सरकारमा आउन प्रचण्डले प्रस्ताव राखेपछि आठ दल खुशी भएका छन्। नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको हो।