राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाइ समर्थन गर्ने रवि लामिछानेको निर्णय
काठमाडौं। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन्।
भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।
लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन्। दुई नेताबीच २१ मिनेट कुराकानी भएको थियो।
नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन।
पार्टी सभापति रवि लामिछानेले रामचन्द्र पौडेललाइ समर्थन गर्ने संकेत गरेको स्रोतले जनाएको छ।
मैले मात्र एकल निर्णय गरेर हुँदैन म हाम्रो पार्टीका नेताहरूसँग छलफल गर्छु भनेका छन्। तर पौडेललाइ समर्थन गर्न सकिने लामिछानेले भेटको क्रममा बताएको स्रोतले जनाएको छ।