काँग्रेस–एमाले मिलाउन राष्ट्रपति सक्रिय, यी कारणले गठबन्धन भत्किने पक्का

काठमाडौं। राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय राजनीतिहोमिएको छ।

संविधानको रक्षा र गणतन्त्रको प्रतिकबन्ने दौडमा दुई उम्मेदवार होमिएका छन्।

आफुबाट सत्ताखोसिएको झोँकमा रहेको एमाले राष्ट्रपतिकै निर्वाचनमा गठबन्धन भत्काउने दाउमा छ।

तर आठ दलीय गठबन्धन पाँचै बर्ष मजबुतसहयात्राको विश्वासमा छ।

प्रचण्डबाट धोका खाएकाओली केन्द्रदेखि प्रदेश सरकारसम्मगुमाउँदै गरेको वियोगमाप्रतिपक्षभएर मात्रैबस्लान् ?

कि फागुन २५ पछि धोका खाने पालो प्रचण्डको हो ?

राष्ट्रिय राजनीतिका दुई मुलप्रश्नहुन् । पुस १० मा बनेको एमाले गठबन्धन भत्किएर फागुन ११ मा काँग्रेसले आफ्नै नेतृत्वको गठबन्धन बनाएपछि राष्ट्रपति निर्वाचनको समीकरण फेरिएको छ।

तर नयाँ बनेको समीकरणभित्रअविश्वास नै बढी भएपछि सहकार्यका आगामीदिनलाई कष्टकर देखाएर एमाले काँग्रेससँग खेल्न थालेको छ।

र उसले फागुन २५ पछि सरकारकै नेतृत्वदिने लोभ देखाएर देउवाको भाउजोखिरहेको छ।

यद्यपी गठबन्धनभित्रका दलहरुमाकचकचगर्ने छुट नभएको भन्दै काँग्रेस पाँचै बर्ष सहकार्य जाने विश्वास देखाइरहेको छ ।

प्रचण्डको एकपलटसँगै सत्ताबाट पल्टिएको एमाले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री प्रस्तावगर्दै सके राष्ट्रपतिको निर्वाचन, नसके राष्ट्रपतिकै निर्वाचनपछि भएपनि समीकरण भत्काउने गरि अघि बढेको छ ।

तर पुस १० माओली–प्रचण्डबीच सहमतिहुनुभन्दापहिले, देउवा र ओलीबीचभएको सहमतिको प्रयास र यसका घटनाक्रमहरुले काँग्रेसीहरु अहिले पनिओलीभन्नवित्तिकै त्रसित, आतंकित र भयावित् हुने गरेका छन् ।

किनकित्यतिबेलाबहालवाला राष्ट्रपतिकै रोहबरमादेउवा र ओलीबीच सहकार्यको सहमतिभएको थियो ।

सुवास नेम्वाङलाई लिएर बालुवाटार गएकाओलीले राष्ट्रपति काँग्रेसलेलिने ।

तीनबर्ष देउवाप्रधानमन्त्रीबन्ने । दुई बर्ष आफु प्रधानमन्त्रीबन्ने र सभामुखपाँचै बर्ष आफुले राख्ने सहमति गरेका थिए ।

फलतः देउवा३२ सिटे माओवादीकाअध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीनदिने निर्णयमापुगे ।

तर देउवाभन्दा प्रचण्डलाई पेल्न सजिलो हुन्छ भन्दै सहकार्य गरेका ओलीले सुरुको दिनदेखि नै आफुलाई दबाबमा राखेको आरोपकै आधारमा प्रचण्डले सहमतितोडिदिएका छन् ।

तर यहाँकाँग्रेसको भूमिका नै निर्णायकथियो ।

उसले विश्वासको मतहुँदै सहकार्यमाभाँजो नहालेको भएअहिले समीकरण बन्ने सम्भावनाथिएन ।

यद्यपी राष्ट्रपतिको निर्वाचनपछि देउवामा सत्ताको मोह पलाउने र फेरि आफ्नै पक्षमाबाजी पलट हुने विश्वास एमालेमा छ ।

पछिल्ला घट्नाक्रमले फेरि देश अस्थिरतामा फसेको छ ।

यसको आरोप भने प्रधानमन्त्री प्रचण्डमाथि केन्द्रीत छ।

जुनमाओवादीले पटक्कै स्वीकार्न चाहेको छैन।

आफ्नै कारण सबै विकल्पगुमाएर ओलीयतिबेलाप्रतिपक्षमात्रै छैनन् कि, उनकाआगामी बाटाहरु पनि साँधुरिँदै गएका छन्।

त्यसैले प्रचण्डलाई फर्काउने भन्दाकाँग्रेसलाई फकाउनेतिर ध्यानदिइरहेको छ।