यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय क्रिकेटको मान्यता

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले सानदार जित हासिल गरेको छ भने युनाइटेड अरब इमिरेट्स (यूएई)ले लज्जास्पद हार बेहोरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा यूएईलाई हराउँदै नेपालले एकदिवसीय क्रिकेटको मान्यता जोगाएको हो ।

नेपालले लिग-२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

आज भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो।

नेपालले युएईमाथि १७७ रनको कीर्तिमानी जित हात पार्दै आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको हो।

नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर यूएईलाई जितका लागि २४८ रनको लक्ष्य दिएको थियो।

दोस्रो इनिङमा २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२।५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमा सिमित रह्यो।