माओवादी धारका यी तीन दलले गरे पत्रकार सम्मेलन बहिष्कार

काठमाडौं। माओवादी धारका नौ दलमध्ये तीन दलले पत्रकार सम्मेलन बहिस्कार गरेका छन्। पत्रकार सम्मेलन बहिस्कार गर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी रहेका छन्। 

माओवादी धारको यसअघि बसेको बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तर्क्रिया गर्ने निर्णय गरेका थिए। तर, आज भएको संयुक्त पत्रकार सम्मेलनमा भने तीन माओवादी धारका नेताहरु अनुपस्थित भए।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी धारका ९ जना नेता आउने भनिए पनि अन्तिममा तीन पार्टीका नेता नआएको बताए ।

‘आजको पत्रकार सम्मेलनमा सबै माओवादी धारका नेताहरु आउने भन्ने सहमति भएको थियो’ पौडेलले भने,अन्तिमा उहाँहरुले कार्यव्यस्तताले आउन सकिएन भन्नुभयो। खै व्यस्त भएर नआउनु भएको हुनसक्छ।

तर, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तालाले असहमति भएकाले पत्रकार सम्मेलनमा सहभागी नभएको प्रतिक्रिया दिए। संयुक्त अपिल हामीले भने जस्तो बनाउन खोज्यौं।

बनाउन सम्भव पनि भएन’ बास्तोलाले भने,संयुक्त अपिल नै झन कन्फ्यूजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं।