भोलि सार्वजनिक बिदा
काठमाडौं। राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जनाएको छ।
पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।