हरेक पार्टीबाट आजै एक-एक जना मन्त्री नियुक्त हुने पक्का,यी हुन् मन्त्री बन्ने सांसदहरू?
काठमाडौ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनदलहरुको बैठक निष्कर्षविहीन सकिएको छ।
बुधबार बिहानबाट बसेको बैठक विनानिष्कर्ष सकिएको एक नेताले बताए।उक्त बैठक फेरि बस्ने जनाइएको छ ।
सत्तारुढ १० दलको बैठकमा कुन मन्त्रालय कस्ले र कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने विषयमा छलफल जारी छ ।
स्रोतका अनुसार आजै मन्त्रिमण्डल विस्तार हुनेगरी बैठक बस्नेछ ।
अहिलेलाई लञ्च ब्रेकका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
सम्भवत् आज प्रत्येक पार्टीले एक एक मन्त्रालयमा मन्त्री नियुक्त हुनेछन् ।
त्यस्तै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको लागि पनि छलफल चलेको थियो ।
काँग्रेसबाट पूर्णबहादुर खड्का मन्त्री हुनेमा पक्का भएको छ।
त्यस्तै काँग्रेसबाट मन्त्री हुने अन्य सांसदहरुमा ब्रदी प्रसाद पाण्डे, एनपी साउद, उदयशम्शेर राणा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, रमेश रिजाल, आरजु राणा, जीवन परियार,डिगबहादुर लिम्बु, विनोद चौधरीलगायत मन्त्री हुने सम्भावना बढेकाे छ।
अन्य दलहरूले भने कसलाई पठाउने भन्ने बारे अहिलेसम्म टुंगो लगाई सकेका छैन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट साेबिता गाैतम मन्त्रीमा आजै जाने सम्भावना रहेको छ। त्य