सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा,कुन दललाई कति मन्त्रालय?
काठमाडौं। सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ।
बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।
सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाइ छ ।
गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ।
यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।