कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै,यी हुन् मन्त्री हुने सांसदहरू?

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ।

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ।

जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ।

त्यस्तै काँग्रेसबाट मन्त्री हुने अन्य सांसदहरुमा ब्रदी प्रसाद पाण्डे, एनपी साउद, उदयशम्शेर राणा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, रमेश रिजाल, आरजु राणा, जीवन परियार,डिगबहादुर लिम्बु, विनोद चौधरीलगायत मन्त्री हुने सम्भावना छ।

कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै मन्धानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

गठबन्धन दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ।