मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक जारी,यी दुई दलले गरे बैठक बहिष्कार

काठमाडौं । मन्त्रालयको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन।

मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए।

प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत र जनमोर्चाबाहेक सबै दलका शीर्ष नेता सहभागी छन्।
जनमत र जनमोर्चाले मन्त्रालय नपाउने भएपछि बैठक बहिष्कार गरेका छन् ।