सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंगियो, कुन मन्त्रालय कसको भागमा (सूचिसहित)

काठमाडौं । सत्ता गठनबन्धनमा आवद्ध दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ ।

नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ।

स्रोतका अनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ।

त्यस्तै माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो।

त्यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी बताएका छन्।

अन्तिम समयमा विवाद नभए अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको स्रोतको भनाई छ।