सरकारबाट बाहिरिए सिके राउत,खानेपानी मन्त्री खानद्वारा राजीनामा

फाइल तस्वीर

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका थिए ।

जनमत पार्टीका नेता बिपी साहका अनुसार पार्टीले उद्योग मन्त्रालय मागेको थियो।

तर, मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएको हुन्।

अन्य मन्त्रालय लिने कि बाहिर बस्ने भन्नेबारे आज साँझ पार्टीमा छलफल हुने बताइएको छ।