जनयुद्ध दिवसको सार्वजनिक विदा क्यालेन्डरबाट उडाइ दिनुपर्छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवस क्यालेन्डरबाट उडाइ दिने बताएका छन्।अध्यक्ष ओलीले प्रचण्डले महान जनयुद्ध भन्दै दिएको सार्वजनिक विदा जसरी भएपनि उडाउनु पर्ने धारणा राखेका छन्।

उनले भने कसैले लडाइ झगडा गरेर महान जनयुद्ध गरे सार्वजनिक विदा दिनुपर्छ भनेर हुन्छ भन्दै प्रश्न गरेका छन्।

अहिलेको प्रचण्ड सरकार विदेशिहरूको चलखेलबाट बनेको अध्यक्ष ओलीले आरोप लगाए।

अहिले हामीले कुनै पनि निर्वाचनमा कसले जित्ला भन्ने प्रश्न गर्यो भने बाहिरबाट जसले आर्शिवाद दिन्छ उसैले जित्छ भन्ने रेडडिमेट जवाफ आउने गरेको उनले बताए।

त्यस्तै नेपाली भू-भाग कति ठाँउ मिचिएको हो कोसँग कुरा गर्ने हो त्यो त तयारी गर्नुपर्छ होला नि? प्रधानमन्त्रीको विदेश भ्रमण हुँदैछ भन्ने सुनेको छु।

एजेण्डा के हुन जनतालाइ भन्नु पर्ला नि? आफ्नो मिचिएको भू-भाग कसरी ल्याउने हो ओली भने।

अहिलेका प्रधानमन्त्री विदेशीको सेवामा लागेको समेत आरोप लगाएका छन्। अब जनताको सेवा गर्ने एउटा पार्टी भनेको नेकपा एमाले मात्र भएको उनले दाबी गरेका छन्।

प्रचण्डले जनयुद्ध गरेको होइन त्यो एउटा सामान्य आन्दोलन मात्र हो? त्यस्ता आन्दोलन सबैलाइ महान भनेर विदा दिने हो भने नेपालमा सबै दिन विदा हुन्छ त्यसैले यस्ता विदा खारेज गर्नुपर्छ उनले भने।