भृकुटी लगायतका कारखानाहरु बेचिए दलालहरुलाई कारखाना मै चिहान बनाउछौं : धर्मेन्द्र बास्तोला
प्रेम प्रसाद कडेल
चितवन। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ूकञ्चनुले देशको भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने उदघोष गरेका छन् ।
शनिबार ९आज० नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय समितिको जनसंघर्ष परिचालन समितीले नवलपुरको गैडाकोटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका नेता बास्तोलाले उक्त कुरा बताएका हुन् ।
साथै उनले बताए ुविद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मेसिनहरु बन्द भयो, देशका नेताहरू विदेशी डाँकाहरुको दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो, यो व्यवस्था संचालन गर्ने दलाल नोक्कर शाही मालिकहरुको दिमागमा दलाल भएकै कारण यस्तो भएको बताए ।ु
अब यस्तो दलाल व्यवस्था र त्यसलाई संचालन गर्ने दलाल नेताहरूलाई सफा गरेर मात्रै देश समृद्ध हुनेछ, अन्यथा देश झन् बर्वादी हुने बताए।
उहाँले भन्नुभयो त्यसकारण हामीले दलाल नोक्करशाही सामन्तीहरुलाई सफा गर्ने अभियान स्वरूप यो अभियान लगायतका राष्ट्रिय अभियानहरु संचालन गरिरहेका छौं यस अभियानमा सबै सहभागी हुन समेत अपिल गर्दछौं, हो १ यो दलाल संसदीय व्यवस्था भनेको पुँजीवादी संसदीय व्यवस्था नै हो।
यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था सहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता हो । दलाल संसदिय व्यवस्थाले हत्या, हिंसा, बलत्कार, लुटपाट आंतक मच्याउदै राज्य आंतक मच्याएको समेत बताए ।
यसै शिलशिलमा मिटरब्याजी आंतक चलाउने बैंक तथा लघुवित्तहरुलाई हाम्रो पार्टीले कार्वाही अगाडी बढाउने क्रममा सिराहा जिल्लाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ त्यो पार्टीको नेतृत्वमा कार्वाही गरिएको समेत बताए ।
साथै उहाँले भन्नुभयो ती त्यस्ता बैंकहरु नेपाली नामका नविल बैंक जस्ता थुप्रै दलाल लुटेरा बैंक र लघुवित्त संचालक आंतककारी, मिटरव्याजिहरुलाई कार्वाही गरी सम्पुर्ण बैंकहरु गाउँगाउँ, शहर शहरबाट लखेटेर निस्तेज पारी नेपाल र नेपाली जनताका लागी नेपाल सरकारको बैंक मात्रै संचालन गर्नुपर्ने बताए ।