कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९  वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन्।

उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ। उनीहरु विरुद्द लागुऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।