नेपाली सेनामा जागिर खुल्यो (सूचना सहित)

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी माग गरेको छ। नेपाली सेनाले बिहीबार एक सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको हो।

आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन्। निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ।