वैदेशिक रोजगारको नाममा फिस्टल मेनपावरको लाखौं ठगी: संञ्चालकले दिए समामचर लेख्ने पत्रकारलाइ नै ज्यान मार्ने धम्की

काठमाडौं। वैदेशीक रोजगारक‍ो नाममा काठमाडौंको गोंगबुमा संञ्चालित फिस्टल ओभरसिज प्रालिले वैदेशिक रोजगारक‍ो नाममा दिनदहाडै ठगि धन्दा चलाइ रहेको पाइएकाे छ। 

काठमाडौंको बसुन्धरामा ठगी गर्ने उदेश्यले संञ्चालित फिस्टल ओभरसिज प्रालिका संञ्चालकले आफ्नो दुई वटा नाम राखी वैदेशिक रोजगारीकाका नाममा हजारौं गरिब नेपाली जनतालाइ दिनदहाडै ठगी गर्दै आइरहेको रहस्य खुलेको हो।

मेनपावरका ठगीका बादसाह भनेर चिनिने रेशम राज फुंयाल वा ठगी धन्दाका मायुर खेलाडी उनले अहिले आएर थरै परिवर्तन गरेका छन्। उनको हालको नाम रेशम लामिछाने बताउँदै दुनियाँलाई ठग्दै गर्दै हिंडेको स्राेतले बताएकाे छ।   

ठगीका बादसाह भनेर चिनिने नाम परीवर्तन गरी रहने रेशमले हजारौं गरिबहरुका सपना त लुटेका छन त्यसका साथै उनिहरुका कलिला तामा का मुना जस्ता बालबालिकाको पनि उज्वल भविष्य माथि खेलवाड गरेका छन्।

वैदेशिक र‍‍‍‍ोजगारीका नाममा कहिले फुयाल कहिले लामिछाने थर राख्दै आइहेका वैदेशिक रोजगारका माफिया रेशमले चार जना गरिव परिवारको सपना माथि धावा वोलेका छन्।

जसमध्ये वैदेशिक रोजगारका नामुद ठग भनेर चिनिने रेशमले गरिब कृष्ण बहादुर तामाङ ,समशेर गोले,जया लामा र समीर तामाङलाई घर न घाट बनाएका छन्।

रेशमले लाखाैंक‍ो दरले अमर नामका एजेन्ट खडा गरि गरीब हरुलाइ ठगेका छन्। यि त प्रतिनिधि पात्र मात्र हुन रेशमले ठगेका यस्ता ठगीमा पर्ने धेरै रहेकाे स्राेतकाे दाबी छ।

यस विषयमा फिस्टल मेनपावरका संञ्चालक नाम परिवर्तन गरि रहने व्यक्ति लाई समाचारको विषयलाई लिएर वुझ्न खोज्दा उल्टै पत्रकारलाइ लामो समय सम्म धम्की दिएकाे छ। यति सम्मकी उनले ज्यान नै लिने सम्मको धम्की दिएका छन्।

उनको मोबाइल नं ९८५१२२३५२३ मा फोन गरि पैसा असुलेकाे हाेकी हाेइन भनेर यस विषयमा बुझ्न खोज्दा उल्टै पत्रकारलाइ नै त्रसित हुने गरि धम्की दिइएको समाचार दाताले बताएका छन्।

यसरी राज्यको चौथो अंग पत्रकार वा मिडिया हाउसलाई समाचार प्रकाशित गरेक‍‍ो विषयमा बारम्बार धम्की आइ रहनुले पत्रकारिता जगत नै असुरक्षित रहेको महसुस भएकाे छ। 

समाचारको विषयलाई लिएर पत्रकार र मिडियालाइ नै खतम पार्छु भन्ने वसुन्धराको फिस्टल मेनपावरका संञ्चालक माथि आवश्क कारवाहि र छानवीनका लागि नेपाल पत्रकार महासंघ ,सम्मानित प्रेसकाउन्सिलका साथै नेपाल प्रहरीलाई समेत हामी असुरक्षित रहेकाे जानकारी गराउदै बेलैमा सहयाेग गरि दाेषीलाइ कानुनी कारबाही गर्न मिडिया अनुरोध गर्दछ।

समाचारक‍ो विषयमा चित्त नबुझे कानुनी बाटो हुँदा हुँदै पत्रकारलाई यसरी दिनदाडै धम्की आउनु भनेको पत्रकार नै असुरक्षित रहेएको महसुस भएको छ। 

त्यस्तै समाचार किन लेखेकाे भन्दै जनरक्ष डटकमका पत्रकारलाइ ज्यान मार्ने धम्की दिएकाे छ।