सांसद चन्द्र भण्डारीले दिए अस्पतालबाटै यस्तो मन छुने शुभकामना सन्देश
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको र उपचार सकेर चाँडै नेपाल पर्किने बताएका छन्।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन्। झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र सामान्य हिड्न सक्ने भएका छन्।
आफू उपचार सकेर चाँडै फर्किने विश्वास व्यक्त गर्दै सांसद भण्डारीले बाँकी थप उपचारका कामहरु नेपालमै गर्ने पनि हुने बताएका छन्।
गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनी सहित आमा घाइते भएका थिए । आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि त्यही दिन उपचारका लागि भारत लगिएको थियो।