चितवन २ नं. क्षेत्रको धर्मचोकमा गठबन्धनको चुनावी सभा सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन। चितवनको क्षेत्र नं २ को भरतपुर महानगर ४ नं वार्डको धर्मचोकमा गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ।

सभालाई साझा गठबन्धनका उम्मेदवार जित नारायण श्रेष्ठले सम्बोधन गर्दै म चितवनको धर्तीमा जन्मेर चितवने जनताको न्यायपूर्ण पक्षमा उभिने बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् जनप्रतिनिधि भरतपुर महानगरका मेयर रेणु दाहालले विकासको लागि साझा उम्मेदवार जित नारायण श्रेष्ठलाई जिताएर गुन तिर्न पार्टी पंक्तिलाई आग्रह गरिन।

समग्र भरतपुर महानगरको विकासमा फड्को मारिसकेको र बेरूजु कम गरेर उत्कृष्ट कार्यको प्रदर्शन गर्ने अवसर प्राप्त भएको बताउँदै चितवनको धर्मचोक भरतपुर ४ नं वडावासीले यो चुनावमा गठवन्धनमा मत अनुरोध गरिन।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाले चितवन भरतपुर वडा नं ४ का जनता सचेत मतदाता भएको बताउँदै जीत नारायण श्रेष्ठको जित सुनिश्चित रहेको कुरा राख्दै आगामी ५ वर्षमा साच्चिकै देशलाइ समृद्धिमा लैजान जितनारायण श्रेष्ठलाई जिताउन जनताको मत सहयोग आवश्यक रहेको बताए ।

नेपाली जनताले मनमा हरि जपेर भोट दिन आग्रह गरेका थिए।नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले रवि देउवा केपीबा अनि नानीका बाको फेरो समातेर सरकारमा गएको बताउदै जनताले राजनीतिक विवेक प्रयोग गर्ने बताए ।

सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा केही गर्न नसकेकोले जनता चटकेसंग भ्रममा रहने अवस्था नरहेको उल्लेख गर्दै जीत हासिल गर्न जीत नारायण तयार भएको बताए ।

कार्यक्रम भरतपुर वडा नं ४ को धर्मचोकमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी (कमरेड आर सी), नेपाली कांग्रेसका डिला संग्रौला,इन्द्र बाँनिया,कृष्णलाल सापकोटा,भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी लगायतका गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो।