मेयर बालेनबिरुद्धको रिटमा आज सुनवाई हुँदै

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सोमवार सर्वोच्च अदालतमा हालेको रिटमा आज सुनवाई हुन लागेको हो।

अधिवक्ता श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गरेका छन्।

मेयर बालेनले संघीय सरकारले महानगरको काममा असहयोग गरेको भन्दै १० दिनदेखी सिंहदवार, शीतलनिवास र बालुवाटारको फोहोर संकलन गर्न रोकेका छन्।